नेपाल–चीनबीच १७ बुँदे सम्झौतामा हस्ताक्षर

६ बर्ष अगाडि

काठमाडौं– नेपाल र चीनबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा १७ वटा सम्झौतामा हस्ताक्षर भएको हो ।

त्यसअघि सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो । काठमाडौंको होटल सोल्टीमा राष्ट्रपति सी र ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच भएको वार्तापछि विभिन्न सम्झौतामा हस्ताक्षर भएको नेपाल पक्षका अधिकारीले बताएका छन् ।

हस्ताक्षर पत्रमा रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, टोखा– छहरे सुरुङमार्ग, मदन भण्डारी विश्व विद्यालय, कर्णाली करिडोरका विषय समटिएका छन् । केरुङ–काठमाडौ रेलमार्गको डीपीआर तहको अध्ययनको विषय पनि सहमति पत्रमा समेटिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया