नेपाली कांग्रेसका सांसद मोहम्मद आफताब आलमलाई पक्राउ परेका छन् । उनी शेखइर्दिस गेटबाट जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले उनलाई पक्राउ गरेको छ ।
उनीमाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजिकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो । उनीमाथि प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट गरेको आरोप थियो । मारिनेमा भारतीय र नेपाली नागरिक भएको बताइएको छ ।
अदालतले आदेश दिएपनि आलमलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन ।
आलम काँग्रेसका पूर्व जिल्ला सभापति र वनमन्त्री पनि हुन् ।
प्रतिक्रिया