दुई दिने भ्रमणको सिलसिलामा नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालमा भव्य स्वागत भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अपरान्ह सी उत्रिदा राष्ट्रपति विद्यादेवी भण्डारी नै स्वागतका लागि पुगेकी थिइन् ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, सांसदलगायतका विशिष्ट व्यक्तित्वहरु विमानस्थल स्वागतका लागि पुगेका थिए ।
प्रतिक्रिया