प्रहरी सम्मानित

६ बर्ष अगाडि

उदयपुर जिल्ला प्रहरी कार्यालयले ६४औँ प्रहरी दिवसका  अवसरमा शुक्रबार उक्त कार्यालय तथा मातहतका प्रहरी चौकीमा कार्यरत वर्षका उत्कृष्ट प्रहरी अधिकृत तथा जवाहरुलाई सम्मान गरेको छ । 

लागुऔषध नियन्त्रण, फरार अभियोगीलाई पक्राउ र महिला हिंसा तथा बालबालिकाको संरक्षणका लागि जनचेतना जगाउन उल्लेखनीय भूमिका निर्वाह गरेका प्रहरीलाई प्रजिअ ध्रुवबहादुर खड्काले सम्मान गरेका हुुन् ।

यसरी सम्मानित हुनेहरूमा प्रहरी निरीक्षक ज्ञानबहादुर माझी, प्रहरी नायब निरीक्षक इन्द्रदेव यादव, प्रहरी सहायक निरीक्षकद्वय गङ्गाराम राई तथा उमाकुमारी गुरुङ, प्रहरी हबल्दारहरु महादेव राई, ट्राफिक प्रहरीद्वय भेषबहादुर थापा र नन्दकुमार यादव रहेका छन्। 

सोही अवसरमा  प्रहरी जवानहरु लालबहादुर विक र अनिस कार्कीलाई पुरस्कृत गरिनाका साथै अमर प्रहरीका परिवारहरुलाई पनि सम्मान गरिएको प्रहरी नायब उपरीक्षक हरि केसीले बताए ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया