१० अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

६ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले १० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। 

असोज २७ गते देखी बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलहरु ९१ र १८२ दिन अवधिका छन् । ९१ दिनको ८ अर्ब रुपैयाँको ट्रेजरी बिल आगामी पुस २९ गते र १८२ दिनको २ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने २०७७ बैशाख २ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

बैंकले यसअघि असोज १६ गते २ अर्बको ट्रेजरी बिल बिक्री गरेको थियो।

मेरो लगानीबाट

६ बर्ष अगाडि

प्रतिक्रिया