सी जिनपिङको नेपाल भ्रमण कार्यतालिका

६ बर्ष अगाडि

काठमाण्डौ – चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार दिउँसो काठमाण्डौ आइपुग्दै हुनुहुन्छ । 
१९ घण्टे 

नेपाल भ्रमणमा रहने राष्ट्रपति सीले यसबीचमा उच्चस्तरीय भेटघाटका साथै विभिन्न सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ । 

राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० बजे काठमाण्डौ आइपुग्ने र आइतबार मध्याह्न १२ः३० बजे स्वदेश फर्कनुहुनेछ ।  

यस्तो छ कार्यतालिका

शनिबार

दिउँसो करिब ४ः३० देखि ५ः३० बजेसम्ममा त्रिभुवन विमानस्थलमा उत्रने
करिब ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने
करिब ७ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने

आइतबार

करिब १०ः३० बजे द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने
करिब १२ः३० बजे नेपालको दुई दिने भ्रमण पूरा गरी स्वदेश फर्कने
उज्यालो अनलाइनबाट

६ बर्ष अगाडि

प्रतिक्रिया