सिन्धुपाल्चोकमा बस दुर्घटना,  ७ जनाको मृत्यु

६ बर्ष अगाडि

काठमाडौँः सिन्धुपाल्चोकको भोटसिपामा यात्रुबाहक बस दुर्घटनामा परेको छ। 

भोटसिपाबाट काठमाडौँ आउँदै गरेको हेलम्बु यातायातको बस  भोटसिपा नजिकै दुर्घटनामा परेको हो। 

दशैँ मनाएर काठमाडौँ फर्कने यात्रुहरु बोकेको बा २ ख १७२५ नम्बरको उक्त बस इन्द्रावती गाउँपालिका वडा नम्बर १०  भोटसिपास्थित तिखु मोडमा दुर्घटनामा परेको हो।

उक्त दुर्घटनामा  कम्तिमा ७  जना यात्रुको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । 

बसमा ८० भन्दा बढी यात्रु सवार  थिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया