एउटै टोलमा ७३ लाख सहयाेग जुटाएर मन्दिर निर्माण

६ बर्ष अगाडि

गुल्मीको धुर्कोट गाउँपालिका ७ अजमिर टोलका जनताले ७३ लाख  सहयोग जुटाएर गाउँमा दुर्गा भगवतीको मन्दिर बनाएका छन् ।

गाउँको बिचमा रहेको अजिमिरकोटमा मन्दिर निर्माणका लागि  गाउँपालिकाले २५ लाख बिनियोजन गरेपछि स्थानीयले त्यसकाे झण्डै दाेब्बर ४८ लाख ६६ हजार चन्दा सहयाेग जुटाएर ७३ लाख ६६ हजार लगानीमा मन्दिर निर्माण गरेका हुन् ।

मन्दिर र पर्खाल लगायतका संरचना निर्माणका लागि गाउँमा चन्दामात्रै  ४८ लाख ६६ हजार संकलन भएको मन्दिर निर्माण अभियान्ता राजेन्द्र घिमिरेले बताए ।

उनका अनुसार कोतमा आकर्षक नयाँ मन्दिरसरायँ खेल्ने ठाउँ, सिढी लगायतका संरचना निर्माण गरिएको छ ।

‘रोजगारीको शिलशिलामा गाउँ वा गाउँभन्दा रहेका युवाहरु, वाग्ला घर भई विभिन्न सरकारी कार्यालयमा काम गर्दै आएका कर्मचारी, स्थानीय लगायतको आर्थिक लगानीमा नयाँ मन्दिर निर्माण गरिएको हो ’,घिमिरेले भने ‘गााउँलेले पनि प्रति घर पाचँ हजारदेखि एक लाख ७२ हजारसम्म आर्थिक सहयोग गरेका छौं । ’

सबैभन्दा धेरै स्थानीय चिरञ्जिवी र कुन्ती घिमिरेले एक लाख ७२ हजार आर्थिक सहयोग गरेको मन्दिर व्यवस्थापन समितिका सचिव तिर्थ घिमिरेले जानकारी दिए ।
मन्दिरमा उक्त बोल रकममध्ये ३६ लाख नगद संकलन भएको छ भने १२ लाख ६६ हजार उठ्न बाँकि छ । मन्दिरमा सहयोग रकम उपलब्ध गराउने व्यक्तिहरुलाई  दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको छ ।
धुर्कोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख एवम् स्थानीय मधुप्रसाद घिमिरेले युवाहरुमा आफ्नो गाउँ र सँस्कृतिप्रति चासो बढ्दै गएको बताए । अर्का स्थानीय युवा बासु घिमिरेले अजिमिर कोतलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने उदेश्यले स्थानीयबाट रकम संकलन गरिएको बताए । मन्दिरसम्म जाने बाटो, पानी लगायतका थुप्रै काम बाँकि रहेकोले ति कामहरु पनि कमश पुरा गरिने बताए ।

हाल रुपन्देहीको एक गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत रहेका वाग्ला निवासी चिरञ्जिवी घिमिरेले आफुहरु कामको शिलशिलामा जुन ठाउँमा भएपनि गाउँको कला तथा सँस्कृति बचाउन लागिपर्ने बताए । ‘पछिल्लो समय गाउँमा सरायँ नाच लगायतका पुराना सँस्कृतिहरु हराउदै गएका समाचारहरु केहि बर्ष पहिलेदेखि आउन थालेका थिए ’ उनले भने, ‘सँस्कृति जोगाउने उदेश्यले मन्दिर निर्माणको अभियान थालिएको हो ।’ त्यसका साथै उनले छ करिब ९ महिनामा नै भौतिक संरचना निर्माण हुनुमा सबैको सहयोग रहेको उल्लेख गरे ।

गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले राज्यले गर्ने काम युवाहरुले गरेको भन्दै प्रशंसा गरे । त्यसका साथै उनले प्रत्येक वडामा कम्तिमा एउटा आकर्षक मन्दिर बनाई पर्यटन पर्वर्धन गर्ने आफुहरुको योजना रहेको बताए ।

अजिमिर कोतमा हरेक बर्षको दसैँमा नवमिको दिन बलि चढाउने गरिन्छ । भने एकादशीको दिन सरायँ नाच हुने गर्दछ । सरायँ नाच हेर्नको लागि वाग्लाका साथसाथै जैसिथोक, वस्तु, रजस्थल, मदाने गाउँपालिकाको सिर्सेनी, भनभने, मालिका र इस्मा गाउँपालिकाका विभिन्न मानिसहरु आउने गर्दछन ।

६ बर्ष अगाडि

प्रतिक्रिया