दुर्घटना गरी फरार भएका कार चालक पक्राउ

६ बर्ष अगाडि

ललितपुर । कार दुर्घटना पछि फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । 
ललितपुर महानगरपालिका वडा नं। २६ चिवाल स्थित सडक खण्डमा बा८०प ६१०० नम्बरको मोटरसाइकललार्इ ठक्कर दिंई  फरार रहेका बा १०च ३००२ नम्बरका कार  चालक टक बहादुर तामाङलाई  प्रहरीले पक्राउ गरेको हो । 
कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक गोपाल माझीको उपचारको क्रममा मृत्यु भएको थियो । 
 दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया