१५ किलो नक्कली चाँदीसहित काठमाडौंबाट एक जना पक्राउ

६ बर्ष अगाडि

    काठमाडौँ । नेपाल प्रहरीले १५ किलोग्राम नक्कली चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नक्कली चाँदीसहित धादिङ घर भई ललितपुरको महालक्ष्मीस्थान–११ इमाडोल बस्ने ३३ वर्षीय राज सापकोटालाई आज पक्राउ गरेको हो । 

    वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक उमेश लम्सालले नक्कली चाँदिलाई सक्कली चाँदी भनेर बेच्न हिँडेको अवस्थामा धुम्बाराहीबाट सापकोटालाई पक्राउ गरिएको जानकारी दिए ।  उक्त चाँदीको मूल्य रु १० लाख ५० हजार बराबर रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया