काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई डेंगु संक्रमण भएको छ ।
संक्रमणको आशंका लागेपछि बिहीबार त्रिपरेश्वरस्थित ब्लुक्रस अस्पताल गएका शाक्यलाई डेंगी संक्रमण रहेको परीक्षणबाट पुष्टि भएको अस्पातल स्रोतले जानकारी दिए। मेयर शाक्य उपचारका लागि अस्पालमै भर्ना भएका छन् ।
पछिल्लो दुई महिना काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा फैलिएको संक्रमण नियन्त्रणमा आएको सरकारले दाबी गरे पनि फेरि देखिएको हो ।
प्रतिक्रिया