प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सञ्चारमाध्यमका पत्रकारलाई बालुवाटार बोलाएर दुई घण्टा कुराएका छन्।
चिनिया राष्ट्रपनि सी जिनपिङको भ्रमणबारे जानकारी दिन भन्दै सरकारी निवास बालुवाटारमा पत्रकार बोलाएर दुई घण्टा कुराएका हुन् ।
प्रधानमन्त्रीको सरकारी सञ्चारमाध्यमसँग भेटघट भनेर खबर भएपछि गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन र रेडियो नेपालका पत्रकार बिहान १० बजे बालुवाटार पुगेका थिए ।
तर उनीहरु कुर्दा कुर्दा दिउँसो १२ बज्यो प्रधानमन्त्री आझै आएनन् । १२ बजेर ५ मिनेटमा भेटघाटस्थल पुगेका उनले सरकारी पत्रकारहरुलाई १५ मिनेट ब्रिफिङ्ग सुनाएर हिँडेका थिए ।
ब्रिफिङ्गमा प्रधानमन्त्री अोलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणमा चीनसँग मित्रतालाई कसरी बलियो बनउन सकिन्छ भन्ने कुरा नै मुख्य हुने बताए ।
उनले सीको भ्रमण दशैंको सपिङ्ग गर्ने लिष्ट जस्तो नभएको प्रतिकृया दिएका थिए ।
सीपथबारे भएको टिप्पणीप्रति आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले वौद्धिकहरुले अवौद्धिक तर्क गरेको भन्दै कसैको कुरा गर्दैमा बिचार नै अंगाल्ने भन्ने नहुने तर्क गरे ।
उनले दशैंमा घर जाने आउने यात्रुले गाडीमा भिडभाड देखिएकोले भिडभाड नियन्त्रण हटाउनका लागि निर्देशन दिएको समेत बताए ।
पढ्नुहाेस् ः
प्रतिक्रिया