विपन्नलाई दशैँको कपडा

६ बर्ष अगाडि

भद्रपुर नगरपालिका–१० ले वडाभित्रका वृद्धा, असहाय, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई दशैँका लागि आज कपडा वितरण गरेको छ । 

वडाध्यक्ष टेकबहादुर खड्काले वडाका पाँच सय बढी अति विपन्न परिवारलाई कपडा वितरण गरेको बताए।

उनले वडाभित्र स्थापना गरेको कपडा बैंकमार्फत सङ्किलत र नयाँ खरीद गरेर वितरण गरेको बताए। उनका अनुसार भेष्ट, पाइन्ट, कुर्ता सलवार, सारीलगायतका हजार थान भन्दा बढी कपडा वितरण गरिएको थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया