काठमाडौं – सिद्धार्थ बैंकले कात्तिक ७ गते वार्षिक साधारणसभा डाकेको छ ।
संचालक समितिले यस अगाडि घोषणा गरेको १५.२६ प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनस शेयर साधारणसभाले पारित गर्ने तयारी गरेको छ ।
साधारणसभामा सहायक कम्पनी सिद्धार्थ क्यापिटल सहितको वित्तीय विवरण पारितका लागि पेश गरिने छ ।
लगानीकर्ताहरुले गत आर्थिक वर्षको नाफाबाट रु एक अर्ब ३५ करोड नगद लाभांस पाउने छन ्। त्यस्तै रु ८८ करोड ८७ लाखको बोनस शेयर पाउने छन । बोनस शेयर पछि बैंकको चुक्ता पूँजी रु ९ अर्ब ७७ करोड पुग्नेछ ।
उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने र गाभिने प्रकृया अगाडि बढाउन सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव साधारणसभामा पेश गरिने छ ।
साधारणसभा प्रयोजनको लागि बैंकले असोज २९ गते एक दिन बुक क्लोज गर्ने भएको छ। असोज २७ गतेसम्म कायम शेयरधनीहरुले बोनस शेयर र नगद लाभांस प्राप्त गर्न सक्ने छन् ।
प्रतिक्रिया