काठमाडौं– कृष्णबहादुर महरा विरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएर चर्चामा आएकी रोशनी शाहीलाई उनका पति चित्रजंग शाहीले डिभोर्स दिएका छन् ।
शाहीले फेसबूकमार्फत जानकारी गराउदै आफुहरु बिच डिभोर्स भएको बताएका छन् । उक्त फेसबुक पोस्ट रोशनी र चित्रजंग दुवैले हस्ताक्षर गरेको एउटा पेपर पनि सार्वजनिक गरिएको छ ।
सार्वजनिक गरिएको पत्रमा ‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच हाम्रा साथ साथ २८ वर्ष दिनहरु विते। समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन्। तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौं। कानुनी प्रक्रिया निरन्तरताका साथ’उल्लेख गरिएको छ ।
यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएसगैँ फेरी रोशनीले आफूलाई महराले दुर्व्यवहार नगरेको बयान दिएकी थिन् ।

प्रतिक्रिया