महरा प्रकरणमा पर्यो प्रहरीमा यस्तो उजुरी

६ बर्ष अगाडि

काठमाडौं– निवर्तनमा सभामुख कृष्णबहादुर महरा निर्दोष भएको दाबी गर्दै महानगरीय प्रहरी बृत्त बानेश्वरमा निवेदन दर्ता भएको छ । महरालाई आरोप लगाउने महिलाले बुधबार निवेदन दर्ता गराएकी हुन् । 
सुरुमा आफूमाथि यौन दुर्व्यवहार भएको दाबी गरेकी उनले पछि फेरि आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गरेकी थिइन् । 
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले  निवेदन दर्ता गराएको पुष्टि गरे । निवेदनमा उनले आफू डिप्रेशनको बिरामी रहेको र औषधि समेत खाँदै आएको भन्दै महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको दाबी गरेकी छिन् । यस्तै उनले गलत समाचार कसरी बाहिरियो भन्नेबारे थाहा नभएको समेत दाबी गरेकी छिन् । 

हाम्रा कुरा नामको अनलाइनले महराले आफूमाथि बलात्कार गरेको भन्दै ती महिलाको बयानसहित समाचार छापेको थियो । तर त्यसको भोलिपल्टै महिलाले फेरि आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै आफ्नै बोलीको खण्डन गरेकी थिइन् । 
महिलाले आरोप लगाएपछि महरा पदबाट राजीनामा दिन बाध्य भएका थिए । नेकपाको सुझावको आधारमा महराले राजीनामा दिएका हुन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया