एसिड आक्रमणमा परेर घाइते भएकी मुस्कान खातुनलाई बलिउडका सुपरस्टार अमिताभ बच्चनले भिडियो सन्देश पठाएका छन् । उनले भिडियो सन्देशमा स्वास्थ्य लाभको कामना गर्दै खातुनमाथि भएको घटना निन्दनीय भएको उल्लेख गरेका छन् ।
खातुनको उपचारमा सहयोग गरिरहेका उज्वल विक्रम थापामार्फत अमिताभले भिडियो सन्देश पठाएका हुन् ।
अमिताभको भिडियो सन्देश बुधबार ४ बजे कीर्तिपुर अस्पतालमा उपचारार्थ भर्ना भएकी मुस्कानलाई सुनाएको थापाले बताए । भिडियोमा अमिताभले मुस्कानलाई सम्बोधन गर्दै उनीमाथि भएको घटना थाहा पाएपछि दुःख लागेको बताएका छन् ।
प्रतिक्रिया