सुटुक्क भाषा सच्याएर महराले बुझाए दोस्रो राजीनामा

६ बर्ष अगाडि

यौन दुव्र्यहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले अर्को राजीनामा दिएका छन् ।

मंगलबार बुझाएको राजीनामाको भाषामा विवाद आएपछि महराले बुधबार अर्को राजीनामा बुझाएका हुन् । उनले उपसभामुख डा। शिवमाया तुम्बाहाम्फेलाई सुटुक्क भाषा सच्याएर दोस्रो राजीनामा बुझाएका हुन् ।

महराले यसअघि बुझाएको राजीनामा पत्रमा ‘छानबिन प्रक्रिया नसकिँदा सम्मका लागि’ भन्ने शब्दावली प्रयोग गरिएको थियो । यो शब्दावलीलाई लिएर पार्टी भित्र र बाहिर शर्तसहित उनले राजीनामा दिएको भनेर आलोचना भएको थियो ।

महराका प्रेस सहयोगी डिल्ली मल्लले दोस्रो राजीनामा दिएको बताए । महरामाथि आइतबार संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई उनकै कोठामा पुगेर यौन दुर्व्यवहारका साथै कुटपिट गरेको आरोप लागेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया