काठमाडौं– नेपालीहरुको महान चाड बडादसैंको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शक्तिपीठहरुको दर्शन गर्ने भएका छन् ।
पूर्वराजा शाहले काठमाडौँ उपत्यका भित्रका १० वटा शक्तिपीठहरुमा गई पूजा तथा दर्शन गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
उनले नक्साल भगवती, गुह्यश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र ईन्द्रायणीको दर्शन गर्ने कार्यक्रम रहेको छ ।
शाहले विजयादशमीको दिन अपरान्ह ४ बजेपछि दशैको टीका लगाइदिने कार्यक्रम रहेको जनाइएको छ ।
प्रतिक्रिया