चिनियाँ टोली नेपाल आएपछि विमानस्थल दुई घन्टाका लागि बन्द

६ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुई घन्टाका लागि बन्द गरिएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको तयारीस्वरुप काठमाडौंको सुरक्षा व्यवस्थापनबारे अनुगमन गर्न चिनियाँ टोली विमानस्थलमा आएसँगै विमानस्थल दुई घन्टाका लागि बन्द गरिएको हो ।

बोइङ ७४७–८०० विमानमार्फत चिनियाँ टोली दिउँसो पौने २ बजे विमानस्थल ओर्लिएको र रनवे अनुगमन र ठूलो विमान भएका कारण विमानस्थल दुई घन्टा बन्द गरिएको विमानस्थल सुरक्षा प्रमुख डीआईजी सूर्यप्रसाद उपाध्यायले जानकारी दिए ।

अर्को साता चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदैछन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया