बलात्कार आरोपपछि सभामुख पदबाट राजीनामा दिए पनि कृष्णबहादुर महराले दसैं भने सभामुखको सरकारी निवास बालुवाटारमै मनाउने भएका छन् ।
सभामुख पदबाट उनले दिएको राजिनामा संघीय संसद सचिवालय सचिव डा. भरतराज गौतमको हस्ताक्षरमा बुधबार सूचनापत्र प्रकाशित गरेसँगै स्वीकृत भएको छ ।
हालसम्म सभामुखको रूपमा संसद सचिवालयको वेबसाइटमा कृष्णबहादुर महराको नाम हटाइएको छैन । सभामुख निवासमा परिवारका सदस्यसँग रहेका सभामुखले निवास कहिले छाड्ने भन्ने विषयमा कुनै जानकारी वा सूचना नदिइएको महराका प्रेस सल्लाहकार जानकारी दिए ।
प्रतिक्रिया