दुर्घटनामा वृद्धाको मृत्यु

६ बर्ष अगाडि

ललितपुरमा आज बिहान भएको सवारी दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ । 

ललितपुर महानगरपालिका–२७ स्थित सडकमा बा४ख ८२५० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ७० वर्षीया रुकु कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो ।

उक्त दुर्घटनाको बसका चालक फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।    
 

६ बर्ष अगाडि

प्रतिक्रिया