सावधान, यति एयरलाइन्स टाइम बममा परिणत , आधा दर्जन पटक भए दुर्घटना

८ बर्ष अगाडि

काठमाडौँ । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री मेरो मान्छे हो, मैले नै पूर्व एमाले र हालको नेकपालाई पार्टी कार्यालय राख्नका लागि घर दिएको छु भनेर गफ दिदै हिड्ने व्यक्ति को होलन् सामान्यतया अनुमान गरौ त ? धेरैले सहजै अनुमान गर्न सक्छन् । ती व्यक्ति हुन आङछिरिङ शेर्पा । अवैध रकमलाई बैध बनाउन विशेष क्षमता राख्ने तथा नेपालकाो हवाई उड्डयन क्षेत्रमा माफिया भनेर प्रचारित शेर्पाको स्वामित्वमा रहेको यति एयरलाइन्स करिब करिब टाइम बम जस्तै रहेको छ । 
सो एयरलाइन्सको एनएएचयु कलसाइन विमान गत आइतबार पोखरा विमानस्थलमा अवतरणपछि ‘पार्किङ वे’मा लैजाने क्रममा चिप्लिएर घाँसे मैदानमा पुग्यो । पाइलटले मोड्न लाग्दा विमान सामान्य चिप्लिएको यति एयरलाइन्सले दावी गरेको छ । तर प्राविधिकहरुकाअनुसार यति एयराइन्स टाइम बम हो, त्यसले जुनसुकै बेला पनि अकालमा धेरै नागरिकको ज्यान लिन सक्छ ? तर शक्तिको आडमा शेर्पाले यति एयरलाइन्सलाई छुट दिलाउँदै आएका छन् । विगतमा तीन तीन  महिनामा पर्यटन मन्त्री फेरेर भएपनि आफ्नो गलत धन्दा जोगाउँदै आएका शेर्पाको विमानमा यात्रु चढन समेत डरलाग्दो भइसकेको छ । 
गत आइतबार संयोगबश विमान ठूलो दुर्घटना हुनबाट बच्यो । विमान रहेका यात्रु सकुशल रहे । तर यो जहाजका लागि संयोगवश भने र्दुघटनामा परेको पहिलो पटक होइन । यो विमान पछिल्लो तीन महिनामा तेस्रो पटक यस्तो र्दुटनामा परेको छ ।  तीन पटक ‘संयोगबश’ भन्दै यो विमानलाई निर्वाध उडान भर्न दिइएको छ । त्यसको पछाडि नियमक निकायको रुपमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणलाई शेर्पाले पैसा र शक्तिको बलमा पेल्दै आएका छन् । 
सोही कम्पनीकोे जहाज  गत चैत २७ गते पनि पोखरामा अवतरण गर्ने क्रममा पांग्रामा समस्या आएको थियो । यही जहाज गत जेठ २२ गते पोखरामा अवतरणको क्रममा इन्डिकेटरमा समस्या आएको थियो । हवाई सेवा जस्तो संवदेनशील क्षेत्रमा समेत पर्यटन मन्त्रालय र  नेपाल नागरिक उड्ययन प्राधिकरणले यो कम्पनीको जहाजप्रति बढीनै उदार भएर संचालनको अनुमति दिदै आएको छ । त्यसको पछाडि लाग्ने र छानबिनको फाइल अगाडि बढाउने महानिर्देशक, सचिव र मन्त्री समेत फेरबदल गर्न सक्ने हैसियत राख्ने गरेको पाइन्छ । पछिल्लो पटक त शेर्पाले नेकपाको कार्यालय समेत मेरो घरमा बसेको छ भन्दै गफ दिने गरेका छन् ।
पटक पटक यस्तो दुर्घटना  हुँदा समेत यो जहाजलाई सहजै उडान अनुमति दिइएको छ ।  यति एयर नेपालका शक्तिशाली व्यापारी आङछिरिङ शेर्पाको कम्पनी हो । उनी प्रधानमन्त्री केपीशर्मा ओली निकट व्यापारी हुन् । उनी शक्तिशाली भएकै कारण पटकरपटक दुर्घटनामामा पर्दा समेत जहाज उडानको अनुमति दिइएको छ ।
शेर्पा शक्तिशाली भएकाले हामीले जहाजलाई धेरै समय रोक्न सक्दैनौं’ प्राधिकरण उच्च अधिकारी बताउँछन् त्यही कारण पोखरामा ठूलो दुर्घटना हुनबाट जोगिएको जहाज २० घण्टा नबित्दै उड्यो । विमान कम्पनीका इन्जिनियर र नेपाल नागरिक उड्ययन प्राधिकरणका सेफ्टी विभागका कर्मचारीले सामान्य जाँच गरेर यो जहाजलाई सोमबारनै यात्रुसहित उडान भर्ने अनुमति दिइसकिएको  छ । जन यात्रकाु लागि टाइम बम भन्दा बढी देखिएको छ । 
‘पोखराको दुर्घटनापछि जहाज ग्राउण्डेड गर्नुपर्छ । समान्यता नियम यही हो तर जहाजको सबै जाँच पड्तालपछि मात्रै उडानका लागि अनुमति दिनुपर्नेमा केही घण्टा हेरेको भरमै उडान अनुमति दिइएको छ । रोकेको खण्डमा कारवाही मात्रै भइए जागिर समेत खाइदिने धम्की शेर्पाले प्राकिरणका कर्मचारीलाई दिने गरेका छन् ।
शक्तिका भरमा यात्रुको भविष्यमाथि ठूलो खेलवाड हुँदैछ। यसले अन्र्तर्रािष्ट्रय जगतमा नकारात्मक सन्देश जानेछ ।‘ यति एयरलाइन्सको यो विमान २३ वर्ष पुरानो हो । यसले पहिलो उडान सन् १९९५ को अगस्त २५ मा गरेको थियो । हिले ट्रान्स स्टेट्स एयरलाइन्सको स्वामित्वमा रहेको यो विमान सन् २००६ को अप्रिलदेखि यति एयरलाइन्सले किनेर चलाउन थालेको हो ।
प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले यतिको पोखरामा भएको दुर्घटना गम्भीर प्रकृतिको भएको स्वीकार गरेका छन् । ‘जहाज ल्याण्ड गरेर ट्याक्सी वे गर्ने बेलामा ट्याक्सी वे तिर नगएर घाँस तिर गयो । असाध्यै सिरियस विषय हो  तर शक्तिको आडमा शेर्पालाई कारवाही नगरिकन छडियो । प्राधिकरणले पाइलट वा मेकानिकल समस्याका बारेमा अध्ययन गरेपनि सो अध्ययनको पूर्ण प्रतिवेदन आएपछि मात्रै केही भन्न सकिने भन्दै पन्छाइएको छ । जुन नागरिकलाई अकालमा मार्ने साजिकको अर्को उपाय हो ।  यतिको जस्तै जहाज विश्वका अन्य मुलुकमा उडान भए नभएको समेत अध्ययन गर्नुपर्ने देखिएको छ । सो कम्पनीको जहाज निर्माता भनिएको  विएइ कम्पनीका प्राविधिकहरु समेत काठमाडौंमै छन् । ती प्राविधिकहरुलाई समेत अध्ययन गर्न थालेको काइते तर्क गरिएको छ । जुनश तप्रतिशत गलत छ कोही पनि अध्ययनका लागि आएका छैनन् । 
पटक पटक समस्या दोहोरिएकोले जहाजनै रोक्नुपर्ने अवस्था पनि आउन सक्छ । तर यसका लागि डिटेल स्टडी हुनुपर्छ ।‘ यतिको यो जहाज विएइ कम्पनीको जेटस्ट्रीम ब्राण्डको जहाज हो । सामान्यता दुर्घटना हुने वित्तिकै विमान कम्पनीका गुणस्तर विभागका प्रमुख र क्यानको निकायले जाँच पड्ताल गरेर जहाज उडाउन पाउने वा नपाउने भन्ने बारेमा अध्ययन तथा आवश्यक अन्तिम निर्णय गर्नुपर्ने देखिन्छ । तर त्यो समत गरिएको छैन । जहाजलाई उडान अनुमति दिइएको छ ।  कुनै ठाउँमा जहाज ग्राउण्डेड भएर आवश्यक मर्मतपछि मात्रै उडान गर्न दिइन्छ,’ तर प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले समेत आफूलाई जानकारी नभएको, हाम्रो प्राधिकरणले अध्ययन गरिरहेको तथा प्रक्रिया जारी रहेको जस्ता काइते र दुईअर्थी कुरा गरेर तर्क र तथ्यलाई ढाट्ने कुचेष्टा गरिरहेका छन् । यस्तो  विषयमा सम्वेदनशील बन्नुपर्नेमा सरकारी निकाय तथा नियमक निकाय सवेदनशील बन्नुपर्नेमा त्यसो हुन सकेको छैन । प्राधिकरणका सेफ्टीका कर्मचारीले अवस्थाका आधारमा निर्णय गर्नुपर्नेमा त्यसो हुन सकेको छैन । 
टाइम बम जस्तै रहेको यति एयरलाइन्सको जहाज दुर्घटनालाई लुकाउन प्राधिकरणभित्रका कर्मचारी नै सक्रिय देखिए । मानौ कि उनीहरु सरकारको होइन आङछिरिङका कर्मचारी हुन् । सुरक्षा विभागका  अधिकांश कर्मचारी दुर्घटनापछि सेफ्टी इन्स्पेक्सन गरेको भन्दै तर्किएका छन् । उनीहरु शेर्पा सरलाई जे पाए त्यही नगरौ, नेपालको ठूलो उद्योगी तथा व्यवसायी भएको दावी गर्दै पन्छिए । 
अझ कतिपय कर्मचारीले निजी विमान कम्पनीलाई सूचना समेत चुहाउने गरेका छन् । ‘क्यानका कर्मचारीले निजी विमान कम्पनीका कुनै जानकारी सकेसम्म लुकाउने र कसैले मागे पहिल्यै जानकारी समेत दिने गरेका छन् । प्राधिकरणका एक कर्मचारीले भने मन्त्रीनै हटाउनसक्ने शक्तिशाली व्यक्ति निजी विमान कम्पनीका भएकाले प्राधिकरणका उच्च  तहका कर्मचारीले समेत सूचना लुकाउँछन् । 
प्राधिकरणका  सेफ्टी विभागका निर्देशक भेषराज सुवेदी समेत शेर्पाका मान्छे हुन् । उनले  हरेक इन्सिडेन्टपछि सेफ्टीका विभागबाट जहाजको निरीक्षण गरेर उडान अनुमति दिइने भन्दै यति एयरलाइन्सले ती सबै पूरा गरेको जवाफ दिए ।  कुनै दुर्घटनापछि सेफ्टी विभागका इन्स्पेक्टर गएर अनुगमन गर्ने कानुनी पवधान छ । तर हालसम्म यति एयरलाइन्समा त्यस्तो भएको छैन ।

८ बर्ष अगाडि

प्रतिक्रिया