यौन दुराचारको गम्भीर आरोप लागेपछि सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएसगैँ अब को सभामुख बन्ला भन्न बहस चर्किन थालेको छ ।
संविधानको धारा ९१ उपधारा १ ले संघीय संस्दअन्तर्गत प्रतिनिधि सभाको प्रमुख र उपप्रमुख फरक फरक दलको हुनुपर्ने र सभाको प्रमुख र उपप्रमुखमध्य एकजना महिला हुनु पर्ने व्यवस्था छ ।
यस अघि तत्कालीन माओवादी तर्फबाट महरा सभामुख र तत्कालीन एमालेबाट उपसभामुख शिवमाया तुम्बाहाम्फे निर्वाचित भएका थिए ।
दुवै पार्टी एक भएपछि कांग्रेसले नेकपाका सभामुख वा उपसभामुख दुईमा एकले पद छोड्नुपर्ने बताउदै आएको थियो ।
अब संविधान अनुसार सभामुख वा उपसभामुखमध्य एक पद नेकपाबाट फत्किनेु देखिन्छ ।
नयाँ पत्रिकाबाट
प्रतिक्रिया