१० हजार घुससहित पक्राउ

६ बर्ष अगाडि

कास्की । नापी कार्यालय कास्कीका सर्भेक्षक सन्तोष भण्डारी पक्राउ परेका छन् । 
 जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्य गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग
अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

घुसबापतको १० हजार रुपैयाँ  लिइसकेको अवस्थामा उनलाई पोखरा महानगरपालिका वडा नं ९ स्थित बुद्ध चोक नजिकैबाट नियन्त्रणमा लिइएको हो । 
अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया