चार लाख भारतीय रुपैयाँसहित पक्राउ

६ बर्ष अगाडि

महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा पर्ने खैरा चोकबाट आज प्रहरीले स्रोत नखुलेको चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ का ३८ वर्षीय कैलाश साह रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । बडादशैँको मौका छोपी नेपाली र भारतीय रुपैयाँको अवैध सटही कारोवार भइरहेकाले साहलाई पक्राउ गरिएको हो । “रकमको स्रोत नखुलेकाले पक्राउ गरिएको हो”, अधिकारीले भने । साहलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाइएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया