नेपालगन्ज –सनराईज बैंंकले आफ्नो बार्षिक उत्सवको अवसरमा बाँकेको नरैनापुर गाउँपालिकाका विपन्न परिवारलाई डेंगुबाट जोगिन सचेतना कार्यक्रमसंगै झुल वितरण गरेको छ ।
नरैनापुर गाउँपालिकाको वडा नम्बर २ लक्ष्मणपुरका स्थानीयलाई डेंगुको संक्रमण र यसबाट जागिने उपायबारे जानकारीसंगै पचास विपन्न घरपरिवारलाई झुल वितरण गरिएको हो ।
सनराइज बैंकको १२औं बार्षिक उत्सबका अवसरमा नरैनापुरस्थित सनराइज बैंक शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत् कार्यक्रम गरेको शाखा प्रबन्धका खडक प्रसाद देवकोटाले जानकारी दिए ।
स्थानीयहरुलाई गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाह, वडा अध्यक्ष मसुद अहमद शाह र शाखा प्रबन्धक देवकोटाले एक कार्यक्रमका बीचमा झुल वितरण गरेका हुन ।
त्यस अवसरमा बोल्दै अध्यक्ष शाहले बैंकले सामाजिक उत्तरदायित्व सम्झेर स्थानीयलाई गरेको सहयोगका लागि धन्यबाद दिँदै बैंकको प्रगतिका लागि शुभकामना ब्यक्त गरे । पछिल्लो समय डेंगुको संक्रमण फैलिरहेकाले सचेतना अपनाउन स्थानीयलाई आग्रह गर्दै उनले घर वरिपरि सफा राख्न र लामखुट्टेको टोकाईबाट बच्न आग्रह गरे ।
यसैबीच बाँकेका विभिन्न अस्पतालहरुमा ७७ जना डेंगुका विरामीले उपचार गराई सकेका छन् । यी बिरामीमध्ये सबै भन्दा बढी बाँकेको भएको कारणले बाँकेका आठ वटै स्थानीय तहमा डंगु बिरुद्धको सचेतना अभियान सञ्चालन गरिएको स्थास्थ्य कार्यालय बाँकेका किटजन्य रोगका फोकलपर्शन दुर्गा गौतमले जानकारी दिईन । उनले अझैपनि भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जमा गरी २० जना डेंगु संक्रमितले उपचार गराई रहेका छन् ।
प्रतिक्रिया