नागरिक समूहको ‘सिमानामा पर्खाल लगाऔं’ अभियान सुरु

६ बर्ष अगाडि

सामाजिक क्षेत्रमा काम गरिरहेको नागरिक समूहले एक विशेष कार्यक्रमको आयोजना गरि ‘खुला सिमानामा पर्खाल लगाऔं’ अभियानको सुरूवात गरेको छ । 

भारतसँग खुला सीमा रहेका कारण सिमाना मिच्न नदिई माटोको रक्षा गर्न, खुला सिमानामाको फाइदा उठाउँदै हुने हत्या हिंसा, चन्दा, अपहरण जस्ता आपराधिक गतिविधिहरू अन्य गर्नका लागि सीमामा पर्खाल लगाउनु पर्ने नागरिक समूहका अध्यक्ष निगम हुमागाईंले जानकारी दिए । 

भारत र चीन विरोधी कृयाकलापहरू रोक्न, नोटको तस्करी, पशुपंक्षी, जडिबुटीहरूको तस्करी, महिला तथा बालबालिका तथा मानब बेचबिखन लगायतका तस्करीहरू रोक्न पनि पर्खाल लगाउनुको विकल्प नभएको उनले बताए ।

खुला सीमाको फाईदा उठाउँदै बिभिन्न गिरोहहरूले सिमानाका नागरिकहरूलाई दिने अनावश्यक दुःख दिने, गुण्डागर्दी गर्ने लगायतको अन्त्य गर्दै राष्ट्रिय सुरक्षालाई बलियो बनाउन सिमाना  पर्खाल लगाउनु पर्ने अध्यक्ष हुमागाँईले बताए ।


नागरिक समूहका अध्यक्ष  हुमागाँईको नेतृत्वमा सचिब कृष्ण प्रसाद पौड्याल, अभियन्ताहरू अर्जुन भूषाल, लक्ष्मण बजगाँई, प्रविन अर्याल लगायतको टोली सुस्ता पुगि यो अभियान सुरु गरेको हो । अभियानलाई सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ, उपाध्यक्ष आदम खाँ, महिला नेतृ लैला बेगम, रविन्द्र जैसवाल लगायतलाई सुस्तावासीले स्वागत गरेको समूहका महासचिव जयराम सिग्देलले जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया