काठमाडौं – एनआइसी एशिया बैंकको दुई नयाँ शाखाहरू काठमाडौंको अनामनगर र चितवनको सौराहामा सञ्चालनमा आएका छन् ।
यी शाखाहरू सोमवारदेखि सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
अनामनगर शाखाकोे उद्घाटन लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनाली गरेका थिए । त्यस्तै चितवनको सौराहा शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरेका थिए ।
यससँगै बैंकको शाखासञ्जाल ३ सय १ वटा पुगेका छन् । यस्तै ३ सय ३६ एटीएम, ७० वटा एक्स्टेन्सन काउन्टर तथा ४२ वटा शाखा रहित बैंकिङमार्फत कारोबार गरिरहेको छ ।
प्रतिक्रिया