कति दिने भयो ग्लाबेल आइएमई बैंकले लाभांश ?

६ बर्ष अगाडि

काठमाडौं – ग्लोबल आईएमई बैंक ले गत आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट शेयरधनीलाई २५.५० प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको असोज १४ गते सम्पन्न बैठकले अघिल्लो आर्थिक वर्षको तुलनामा ९.५० प्रतिशत धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिको असोज १४ गते सम्पन्न ३२९ औं बैठकले प्रतिशत १२.७५ बोनस र बोनसमा लाग्ने कर सहित १२.७५ प्रतिशत नै नगद लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी १३ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन । अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा बैंकल १६ प्रतिशत बोनस शेयर मात्र वितरण गरेको थियो।

६ बर्ष अगाडि

प्रतिक्रिया