राजिनामा दिँदै सभामुख महरा

६ बर्ष अगाडि

काठमाडौँ – संसद सचिवालयकै महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिने भएका छन्।

आफूमाथि लागेको आरोपबारे निकटष्थसँग परामर्श गरिरहका महरालाई सत्तारुढ दल नेकपाले नै राजीनामा दिन सुझाव दिएको छ। घटनाबारे नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच मंगलबार बिहान छलफल भएको छ।

उच्च स्रोतका अनुसार, ‘घटनाबारे दुई अध्यक्षबिच छलफल भयो। उहाँहरुले सभामुख ज्यूलाई राजीनामा गराउने मनस्थितिमा पुग्नुभएको छ। उहाँले आफ्ना कुरा राखेर पदबाट हटेको घोषणा संभवत आजै गर्नु हुन्छ।’

पार्टीका अरु शीर्षनेताहरुले पनि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई राजीनामा गराउन दबाब दिएका छन्।

महरा स्वयमले पनि पार्टीका नेता तथा संसद सचिवालयका पदाधिकारीसँग छलफल गरेका छन्। मदिरा सेवन गरेर सभामुख महराले आफूमाथि बलात्कार गरेको ती महिलाको आरोप छ । तर महराले पनि सोमबार राति विज्ञप्ति निकालेर आफूमाथि लागेको आरोप पूर्ण रुपमा कपोलकल्पित र झुट रहेको दाबी गरेका छन्।


 

६ बर्ष अगाडि

प्रतिक्रिया