काठमाडौं – यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफलपश्चात् देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएको बालुवाटार स्रोतले बतायो ।
“उहाँले आफ्नो निम्ति कानुनी उपचारमा जाने बाटो छँदैछ । तर अहिले आफूमाथि नैतिक र चारित्रिक प्रश्न उठिसकेपछि सभामुख पदमा बसिरहन मिल्दैन,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
प्रतिक्रिया