सत्तारुढ दलबाटै सभामुख महराको राजिनामा माग

६ बर्ष अगाडि

काठमाडौं – महिलामाथि जर्बजस्तीको आरोप लागेका सभामुख कृष्णबहादुर महराको पद धरापमा परेको छ । उनको राजीनामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रबाट समेत मागिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका एक पूर्वमन्त्रीले महराले राजीनामा दिनुपर्ने बताए । रिपोर्टर्स नेपालसँग कुराकानी गर्दै उनले नैतिकताका आधारमा राजीनामा दिएर घटनाको निष्पक्ष छानविनको मार्ग प्रशस्त गर्नुपर्ने बताए । ती नेताले भने, ‘विगतमा पनि महिलाका विषयमा टिप्पणी गरेको र छोएको विषयमा मन्त्रीहरुले राजीनामा दिनुभएको छ ।’

आइतबार तीनकुनेस्थित एक महिलाको डेरामा महरा पुगी जर्बजस्ती गरेको विषय बाहिर आएको थियो । संसदमा कार्यरत कर्मचारी ती महिलाले महराले आफूमाथि जर्बजस्ती गरेको आरोप लगाएकी थिइन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया