नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको बलत्कारको आरोपमाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
घटनाबाट आफू स्तब्ध भएको भन्दै थापाले कानूनी राज्यको सीमाभित्र रहेर घटनाको निष्पक्ष रूपमा छानबिन गरिनुपर्ने बताएका हुन् ।
बुटवलमा मंगलबार बिहान रिपोर्टर्स क्लबले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले भने, ‘उहाँमाथि आरोप लागेको छ । घटनाको निष्पक्ष छानबिन गर्नका लागि आफ्नो पदबाट अलग रहेर छानबिन गर्न सघाउनुपर्छ । घटनाले राज्यको क्षमतामाथि र देशको प्रतिष्ठामाथि आँच आएको छ । कानूनी र संसदीय सर्वोचतामाथि आँच पुगेको छ । प्रहरी प्रशासन कसैको दबाब र प्रभावमा नपरी तल्लो तहबाट घटनाको निष्पक्ष छानबिन गरिनुपर्छ ।’
प्रतिक्रिया