काठमाडौं – सभामुख कृष्णबहादुर महराले उनीमाथि एकजना महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपको छानबिनका लागि सहज वातावरण बनाइ दिन आफू तयार रहेको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई बताएका छन् । सभामुख महराले भने,‘‘मैले यसबारेमा छानबिनका लागि आफू सहज वातावरण बनाइदिन तयार रहेको बताएको छु ।’’
महराले भने, राजिनामा दिनेकुरामा अहिले नै त्यसो नभनौं । एक दुई दिन पर्खौं । त्यो घोषणा गर्ने बेला भएको छैन । वातावरण सहज बनाउन म तयार छु ।’’ उनले आफूले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि पछिल्लो घटनाक्रमबारे कुरा गरेको जनाए ।
महरालाई आइतबार राति राजधानीमा एक महिलाको कोठामा गएर मादक पदार्थ सेवन गरेर यौन दुर्व्यवहार गरेको आरोप लागेपछि तीब्र ढंगले घटनाक्रम अघि बढेका हुन् ।
प्रतिक्रिया