सडक र विद्युतको लागि अमेरिकाले दियो ५० अर्ब

६ बर्ष अगाडि

अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) कार्यान्वयनका लागि नेपाललाई ५ सय मिलियन अमेरिकी डलर (५० अर्ब नेपाली रुपैयाँ) दिने भएकाे छ । 

सोमबार अर्थ मन्त्रालयमा नेपाल र अमेरिकाबीच उक्त कार्यक्रम कार्यान्वयनका लागि हस्ताक्षर भएकाे छ । 

सम्झाैतामा अर्थमन्त्री डा. युवराज खतिवडा र मिलेनियम च्यालेन्ज कोअपरेसन कार्यान्वयन महाशाखाका उपाध्यक्ष एन्थोनी वेल्चरले हस्ताक्षर गरेका छन् ।

यो कार्यक्रम नेपालले सन् २०२० को जुन ३० बाट कार्यान्वयन गर्नैपर्नेछ ।

मिलेनियम च्यालेन्ज कोअपरेसन अन्तर्गत नेपालमा भरपर्दो विद्युतको उपलब्धता र सडक सुधार लगायतका काम हुनेछन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया