काठमाडौंमा प्रतिकेजी ५५० मा खसी

६ बर्ष अगाडि

सरकारले काठमाडौंमा प्रतिकिलो रु ५५० मा खसी, बोका उपलब्ध गराउन शुरु गरेको छ । 

दशैं, तिहार र छठ पर्वका लागि खसी, बोका थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड परिसरमा सुपथमूल्यमा खसीबोका विक्री शुरु गरेको हो । 

सुपथ पसलमा च्याङग्रा प्रतिकेजी रु ७३० रुपैयाँ मूल्यमा बिक्री भइरहेको छ । 

बजारमा जीउँदो खसी बोकाको प्रतिकेजी रु ६२० रुपैयाँसम्म बिक्री हुने गरेकोमा त्यसलाई घटाएर प्रतिकेजी ५५० मूल्य कायम गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । 

विभागले सरकारले सुपथ मूल्यमा बिक्री वितरण गरेको खसी, बोका र च्याङग्राको मासु गुणस्तरीय रहेको पनि दावी गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले हाल मुस्ताङबाट ल्याइएको ५ सय वटा च्याङग्रा र बीरगञ्जबाट ल्याइएको ३८० वटा खसी, बोका दशैंको लागि बिक्रीमा राखेको छ । 

२ हजार वटा च्याङग्रा र १ हजार खसी, बोका यस वर्षको दसैं, तिहार र छठ पर्वमा बिक्री वितरण गर्ने सरकारको तयारी छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया