काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेकपाका केन्द्रीय सदस्य एवं भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालमाथि समाजिक सञ्जालमा गरिएको दुर्व्यवहारको निन्दा गर्दै अपराधीहरुलाई कानूनी कठघरामा उभ्याउन माग गरेको छ।
नेकपाका चितवन जिल्ला संयोजक यमबहादुर परियार ‘इन्द्रजीत’ र सचिव कृष्णभक्त पोखरेलले एक विज्ञप्ति जारी गर्दै अपराधीहरुमाथि कार्वाहीको माग गरेका हुन्। मेयर दाहालको तस्वीर बिगार्ने, अपशब्द प्रयोग गर्ने छद्मभेषी व्यक्तिहरुको अनुसन्धान गरी कार्वाहीको दायरामा ल्याउन नेकपाले माग गरेको हो।
यस्तो छ विज्ञप्ति

प्रतिक्रिया