एसबीआई बैकले पहिलाभन्दा १.५ प्रतिशत धेरै लाभांस दिने

६ बर्ष अगाडि

नेपाल एसबीआई बैकले अघिल्लो वर्षभन्दा १.५ प्रतिशत धेरै नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ। 

अघिल्लो वर्ष १५.७९ प्रतिशत लाभांश दिएको एसबीआईले यसपटक १६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

बैंकको आइतबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र १०.८४ प्रतिशत कर प्रयोजन सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैक र साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन्।

हाल बैकको चुक्ता पूँजी आठ अर्ब ४४ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्ष बैकले दुई अर्ब ३० करोड रुपैयाँ नाफा गरेको थियो। प्रति शेयर आम्दानी २७ रुपैयाँ २६ पैसा रहेको बैकको नेटवर्थ १६७।८९ छ।  

६ बर्ष अगाडि

प्रतिक्रिया