नेपाली बजारमा सुनचाँदीकाे भाउ आज (सोमबार) पनि घटेको छ ।
आइतबार ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले सस्तो हुँदै ७० हजार रुपैयाँमा झरेको छ ।
आज तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा आईपुगेको छ । चाँदी आज तोलामा ५ रुपैयाँले सस्तो हुँदै तोलाको ८४० रुपैयाँमा झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ५९ हजार ७६० र प्रति १० ग्राम चाँदीको मूल्य ७२० रुपैयाँ कायम गरेको छ ।
प्रतिक्रिया