नेपाल टेलिकमले ल्यायो यस्तो अफर, अब रिचार्ज हाल्दा उल्टै बोनस !

६ बर्ष अगाडि

नेपाल टेलिकमले दशैंको अवसर पारेर विभिन्न अफर ल्याएको छ ।अफर अन्तर्गत निशुल्क सिम परिवर्तन तथा फोरजीमा बोनस रहेको छ ।

ग्रहाकले ८४४४३ मा डायल गरी सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाई सिमलाई फोरजीमा परिवर्तन गनृ सकिनेछ ।

साथै अफर अनतर्गत फोरजी बनेका ग्रहाकले २ दिनका लागी २०० एमबी डाटा बोनस पाउनेछन् ।

त्यो मात्रै नभएर ग्रहाकले निशुल्क कल अलर्ट सगैँ रिचार्जमा बोनस समेत पाउनेछन् ।

जस अन्तर्गत ५०, १००, २०० को कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र ५ सय तथा हजारको रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया