मुक्तिनाथका ग्राहकले काठमाडौं ज्वेलरीमा गहना बनाउँदा २५ प्रतिशत छुट

६ बर्ष अगाडि

मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाडौं ज्वेजरी (केजे) देव कर्नरमा गहना बनाउँदा छुट पाउने भएका छन् । 

बैंक र ज्वेलरीबीच आज ग्राहकलाई २५ प्रतिशतसम्म छुट दिने गरी सम्झौता भएको हो । 

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले केजे देव कर्नरमा गरगहना बनाउने शुल्कमा विशेष छुट पाउनेछन । 

सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट सञ्चालन विभागका विभागीय प्रमुख सुवास ढकाल र केजे देव कर्नरकोे तर्फबाट केजे देव कर्नरको प्रबन्धक रिजु तुलाधरले हस्ताक्षर गरे । 

६ बर्ष अगाडि

प्रतिक्रिया