एकैदिन ग्लोबल आइएमईका २ नयाँ शाखा

६ बर्ष अगाडि

ग्लोबल आइएमई बैंकले आइतबारदेखि २ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

बैंकले काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका वडा नं. ५, हरिसिद्धि र रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं ६, होलेरीमा उक्त नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १ सय ४६ पुगेको छ ।

बैंकले हाल १ सय ४६ शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १ सय ४८ एटिएम, १ सय ८९ शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया