सादा पोसाकमा रहेको प्रहरीले बढी भाडा लिनेलाई पक्राउ गर्दै,अहिलेसम्म १ सय ४७ जना पक्राउ

६ बर्ष अगाडि

काठमाडौँ । ट्राफिक प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । आइतबार सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले बल्खु र कोटेश्वरमा बढी भाडा लिनेलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा मकवानपुर कैलाश गाउँपालिका – १० का २७ वर्षीय श्रीराम सिन्तान, बारा माहागढीमाई नगरपालिका–३ का २४ वर्षीय चन्दन साह कलवार, सिन्धुली कमलामाई नगरपालिका–९ का ५० वर्षीय दिपेन्द्र प्रसाद पौडेल, पाँचथर कुम्बायक गाउँपालिका–३ का ३० वर्षीय उपेन्द्र ढुंगाना र महोतरी बर्दिवास नगरपालिका–१० का २६ वर्षीय विशाल घिसिङ रहेका छन् । 

चाडबाडको समयमा लामो दूरीका सवारीसाधनमा बढी भाडा असुल्ने टिकट काउन्टरलाई कारबाही गर्ने ट्राफिक महाशाखाले सूचना सार्वजनिक गरेको थियो ।

दशैंको अवरसरमा यातायात व्यवस्था विभागले तोकिदिएको भाडादर कायम नगरी बढी भाडा असुल्ने कार्यमा संलग्न रहेको भन्दै उनीहरुलाई पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । 

ट्राफिक महाशाखाका अनुसार हालसम्म १४७ जना पक्राउ परेका छन् । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया