कृषि विकास बैंकको रकम चोरी काण्डमा म्यानेजर नै पक्राउ, उनकै कम्प्युटरबाट कारोबार भएको भेटियो

६ बर्ष अगाडि

कृषि विकास बैङ्कको रकम चोरी प्रकरणमा बैङ्कको लाहान शाखाका अधिकृत सुनिल कुमार झा पक्राउ परेका छन् । 

महानगरीय प्रहरी अपराध मशाहाखाको टोलीले झालाई लाहानबाट पक्राउ गरेको हो । 

कोर बैंकिङ सिस्टम प्रयोग गरेर चोरी भएको रकमको कारोबार झाको कम्प्युटरबाट भएको देखिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए । 

गत सोमबार र मङ्गलबार बैङ्कबाट अस्वभाविक रुपमा कारोबार भएको पाइएपछि बैङ्कले तत्कालै प्रहरीलाई खबर गरेको थियो । 

त्यसलगत्तै खटेको प्रहरीले पैसा निकाल्दै गर्दा दुई जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुले दिएको बयानको आधारमा अहिलेसम्म १७ जना पक्राउ परेका छन् । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया