माछापुच्छ्रे बैंकका ग्राहकले भाटभाटेनी सुपर मार्केटमा सामान किन्दा नगद फिर्ता पाउने छन् ।
दशैं, तिहार र छठको अवसरमा बैंकले कार्ड मार्फत सामान किन्ने ग्राहकका लागि १० प्रतिशतसम्म छुट दिने योजना ल्याएको हो ।
भाटभटेनीका देशभरका शाखाहरुमा असोज १२ देखि कात्तिक १६ गतेसम्म छुट नगद फिर्ता योनजा ल्याएको बैंकले जनाएको छ ।
बैंकका अनुसार एकजना नयाँ कार्डधारीलाई अधिकतम ४ हजार रुपैयाँसम्म र पूराना कार्डधारीलाई ३ हजार रुपैयाँसम्म फिर्ता गर्नेछ ।
ग्राहकलाई कार्ड प्रयोग गर्न प्रोत्साहन गर्ने नीति अनुसार कार्डधारीलाई दशैं, तिहार र छठ जस्ता महान पर्वहरुको अवसरमा विशेष छुटको व्यवस्था गरिएको डेपुटी सीइओ सन्तोष कोइरालाले जानकारी दिए ।
कोइरालाका अनुसार माछापुच्छ्रे बैंकका ग्राहकले कार्डको प्रयोग गरी भाटभाटेनीमा लुगा रजुत्ता लगायतका सामान किन्दा १० प्रतिशत र अन्य घरयासी सामान किन्दा ५ प्रतिशत छुट पाउनेछन् ।
तर यस्तो छुट पाउनका लागि कम्तिमा १ हजार रुपैयाँको सामान किन्नुपर्ने छ ।
देशभर बैंकका १३७ वटा शाखा, १२८ शाखारहित बैकिङ र १६० वटा एटीएम बुथ रहेको माछापुछ्र्रेका ३ लाख ग्राहकले एटीएम कार्ड लिएका छन् ।
प्रतिक्रिया