काठमाडौँ महानगरपालिका–४ धुम्बाराहीमा वृद्धाश्रम निर्माणका लागि रु छ करोड मूल्य बराबरको जग्गादान गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ धुम्बाराहीले निर्माण गर्न लागेको लायन वृद्धाश्रम भवन निर्माणका लागि स्थानीय बलरामप्रसाद चापागाईँले धुम्बाराहीमा उक्त जग्गादान गरेका हुन् ।
उनले काठमाडौँ महानगरपालिका–४ धुम्बाराहीमा रहेको १२ आना दुई पैसा दुई दाम जग्गादान गरेका हुन् । जग्गादानसँगै वृद्धाश्रमको भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।
उक्त भवनका जग्गादाता चापागाइँं, काठमाडौँ महानगरपालिका–४ का अध्यक्ष मोहन विष्ट र लायन्स क्लब डिस्ट्रिक ३२५ ए २ को गर्भनर शोभा जोशीले संयुक्तरूपमा शिलान्यास गरे ।
दुई करोड लागतमा बन्ने भवन साढे दुईतले हुने भवन निर्माण समितिका संयोजक धनराज बडालले जानकारी दिए ।
प्रतिक्रिया