एनएमबी बैंकले आजदेखि ओम डेभलपमेण्ट बैंकलाई गाभेर एकीकृत कारोबार शुरु गरेको छ ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले एनएमबि बैंकको एकिकृत कारोवारको उद्घाटन गरेका हुन् ।
यो सँगै नेपालका बैंकहरुमध्ये एनएमबीका गण्डकी प्रदेशमा सबैभन्दा धेरै शाखा भएको बैंक बनेको छ ।
एनएमबिकै अध्यक्ष, सिइओ र संचालक समिति रहने गरी पोखराको ओम डेभलपमेण्ड बैंक गाभिएको हो ।
गाभिएपछि ओमको मुल्याङकन भने ७६ प्रतिशतले हुने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।
अब एनएमबीका देशभर १ सय ६३ वटा शाखा, १ सय २८ एटिएम र ५ एक्सटेन्सन काउण्टर पुगेको पनि उनले बताए।
दुबै बैंक गाभिएपछि ११ अर्ब ५३ करोडको चुक्ता पूँजी भएको बैकको कुल पूँजी २० अर्ब १५ करोड पुगेको छ।
एकीकृत कारोबारको उदघाटन गर्दै मन्त्री गुरुङले व्याजबाट मुनाफा कमाउनुभन्दा पनि उत्पादनशिल क्षेत्रमा लगानी गरेर राज्यलाई केही कर तिरेर मुनाफा कमाउने सोच राख्न आग्रह गरे।
नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा।डिल्लीराम पोख्रेलले गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुलाई २५ प्रतिशत लगानी उत्पादनशिल क्षेत्रमा गर्न राष्ट्र बैंकले दिएको निर्देशनलाई प्रदेशमा भने १८ प्रतिशत मात्र उत्पादनशित क्षेत्रमा लगानी भएको बताए।
प्रतिक्रिया