नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन्।
६ महिनादेखि बैंकको कामु सिईओको रुपमा रहेका अधिकारीलाई शनिबार बसेको बैंक सञ्चालक समिति बैठकले ४ बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो।
२०६१ देखि सहायक छैठौं तहको प्रबन्धकबाट नेपाल बैंकमा जागिर शुरु गरेका अधिकारी १३ जना प्रतिस्पर्धिहरुलाई पछि पार्दै सिईओ भएका हुन् ।
अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट एमबिए र पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिए पास गरेका थिए ।
नेपाल बैंकमा सिइओको मासिक तलब ३ लाख रुपैयाँ हुन्छ।
बैंकको सिइओका लागि १४ जनाले आवेदन दिएपनि ४ जना अन्तिम छनौटमा परेका थिए।
त्यसमध्ये पुष्पराज भण्डारी, शेषरमण आचार्य र शंकरकुमार रायमाझीलाई पछाडी पार्दै अधिकारीले बाजी मारे ।
अन्तिमसम्म भण्डारीको सम्भावना भएपनि बैंक अफ काठमाडाैंको ऋण मुद्दामा परेका थिए ।
प्रतिक्रिया