वामेलाई ठिक पार्छु भन्दै गर्भनरले बैंकर थर्काएपछि...

६ बर्ष अगाडि

काठमाडौँ – देशभित्र विभिन्न बैंक तथा वित्तीय संस्थाको पैसा अपराधीले धमाधम निकाल्दै लुटपाट गरिरहेका छन् । बैंकमा लुटपाटको मात्रा बढ्दै गएपछि नियमक निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकले त्यसको कुनै छानबिन गरेको छैन । काइते प्रतिवेदन बनाएर पानीमाथिको ओभानो बन्ने काममा केन्द्रीय बैंक लागेको छ । तर, समस्या एक पछि अर्को गर्दै बढीरहेको छ । विशेष गरी कार्यकाल सकिन लागेका गर्भनर ्चिरञ्जीवी नेपालको लाचारीपनका कारण बैंक तथा वित्तीय संस्थामा एक पछि अर्को गर्दै जोखिम बढ्दै गएको छ ।

 गर्भनर नेपालले काम नगर्ने कर्मचारीलाई विशेष विभागको जिम्मा दिएका छन् । काबिल कर्मचारीलाई जगेडा जस्तै लाग्ने विभागमा थन्क्याएर काँगेसी राज चलाएका छन् । कार्यकाल सकिन लागेपछि अर्थमन्त्री डा युवराज खतिवडालाई ठिक पारिदिन्छु भन्दै
 गर्भनर नेपालले बैंकलाई सानेपाको भातृ कार्यालय जस्तै बनाएका छन् । सानेपामा नेपाली काँग्रेसको कार्यालय रहेको छ । सोही कार्यालय जस्तै गरी केन्द्रीय बैंक चलाएका कारण एक पछि अर्को गर्दै समस्या बढ्दै गएको हो ।

बैंकको पैसा ह्याकरले लुटेपनि गर्भनर नेपाल केही भएको छैन भन्दै चुपचाप बसेका छन् । केही समय पहिले चिनियाँ ह्याकरले विभिन्न ८ वटा बैंकबाट तीन करोड बढी रकम लुटपाट गरे । यस्तै, मंगलबार मात्रै भारतीय सहितका नेपालीको समेत मिलेमतोमा करिब ५ करोड बढी रकम कृषि विकास बैंबबाट लुटपाट गरे । तर गर्भरन नेपाल यस्ता गम्भीर प्रकृतिका अपराध पनि थाहा नपाएको जस्तै गरी चुपचाप बसेका छन् । उनले आफ्ना अपराध ढाकछोप गर्न बैंकका प्रवक्ता समेत रहेका लक्षमीप्रपन्न निरौलालाई कारवाही गर्ने सम्मको धम्की दिउका छन् । सञ्चार माध्यमलाई भए नभएको सूचना दिएको भन्दै गर्भनर नेपालले निरौलालाई पटक पटक त्यस्तो धम्की दिएको स्रोतको दावी छ । 

बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप एक पछि अर्को गर्दै जोखिममा परेपनि गर्भनर नेपालले काँग्रेसी राज चलाएको भन्दै बैंकका कर्मचारी समेत चित्त खाएका छन् ।

 देशमा नेकपाको सरकार छ । जानेका बुझेका भनिने अर्थमन्त्री छन् । तर, गर्भरन नेपालले राष्ट्र बैंकमा हुकमी काँग्रेसी राज चलाएर बसेका छन्, भुक्तमान भएका केन्द्रीय बैंकका एक कार्यकारी निर्देशकले गुनासो गरे । डेपुटी गर्भनर रहेका चिन्तामणि शिवाकोटी पनि ताक परे तिरावी नत्र गोतामे जस्ता देखिएका छन् । फाइदा लिन पर्दा गर्भनर नेपालको चाकडी गर्ने र यसो कुरा नमिले अर्थमन्त्री डा खतिवडालाई भेटेर गर्भनरले खत्तम पा¥यो भन्दै पोललगाउने गरेका छन् । उता अर्का डेपुटी गर्भनर शिवारज श्रेष्ठ पनि शक्तिको पुजारीका रुपमा परिचित छन । उनले समेत गर्भनर नेपाललाई गलत काम गर्न र बैंकमा काँग्रेसी राज चलाउन उचाल्ने गरेको स्रोतको दावी छ । 

नबिल, प्रभु, जस्ता बैंकको ह्याक प्रकरणमा चुपचाप बसेर अनुसन्धान गर्ने निकायलाई समेत सहयोग समेत नगरेका गर्भनर नेपालले पछिल्लो पटक कृषि विकास बैंकमा भएको लुटपाट प्रकरणमा समेत सोही प्रवृीत्त पुनरावृत्ति गर्ने योजना बनाएका छन् । जानकारहरुका अनुसार म त जाने बेला हुनै लाग्यो, तर वामेहरुलाई सहजै रुपमा निदाउन कहाँ दिन्छु र भन्दै अनेकन षड्यन्त्र र जालझेल गरिरहेका छन् । 

वामेहरुले मेरो जागिर खान खोजेका थिए, सकेनन्, अब यिनलाई पनि चैनसँग कहाँ निदाउन दिन्छु र ? गर्भनर नेपालले तनहुँका आफ्ना सहयोगी समेत रहेका काँग्रेसी कार्यकर्ता समेत रहेका सहायक प्रवक्ता समेत बनाइएका गोविन्द नागिलासँग बताउने गरेका छन् । नागिला काँग्रेस नेता रामचन्द्र पौडेलका भित्रिया कार्यकर्ता हुन् । राष्ट्र बैंकको जागिरे भएपनि उनले त्यहाँ काँग्रेसी मुकाम खडा गर्न राम्रै जोडबल गरेका छन् । गर्भनरको सचिवालयमा बसेर बैंकको महत्वपूर्ण सूचना चुहाउने गरेको आरोप लागेका नागिलाले पनि वामेहरुलाई ठिक गर्नुपर्छ भन्दै गलत काम गरिरहेको बताइन्छ । 

उस्तै गर्भनर नेपालको अराजक व्यवहारका कारण अर्को एउटा प्रणाली समेत धरापमा परेको छ । पर्याप्त तयारी नगरी रियल टाइम ग्रस पेमेन्ट सिस्टम सञ्चालनमा ल्याए पनि हाल बन्द भएको छ । आवश्यक गृहकार्य नगरिकनै सञ्चालनमा हतार गरेकाले आरटीजीएसले काम गर्न नसकेको बैंकहरूले बताएका छन । गर्भनर नेपालले दातृ निकायकालाई खुसी बनाउने बाहानामा तयारी नै नगरीकन हचुवाको भरमा उक्त प्रणाली सञ्चालनमा ल्याएका थिए । सो प्रणालीका लागिबेलायती सहयोग लिइएको थियो । नेपालका त्यसको काम गर्नका लागि दलालको रुपमा सक्षम परियोजना रहेको छ । दाताको पैसामा बेलायत र यूरोपमा समेत राम्रै मेजमानी गरेर आएका नेपालले आफूले मात्रै नभई आफ्ना काग्रेसी कार्यकर्तालाई समेत यूरोप घुमाएका थिए । 

तत्काल सो प्रणाली लागु गर्न सकिदैन, समस्या छ भन्ने बैंकहरुले भन्दा भन्दै गर्भनर नेपालले धम्की दिएर नै बैंकहरुलाई बाध्य पारेको एक बैंकरले जानकारी दिए । राष्ट्र बैंक र वाणिज्य बैंकहरूको नियमित प्रणाली पूर्ण रूपमा एकीकृत भइनसकेकाले केही समयका लागि स्थगित गर्नुपर्ने बैंकको सुझाव थियो । तर जायज सुझावलाई पाखा लगाएर गर्भनर हिटर बन्न खोज्दा प्रणालीमा नै समस्या आएको छ । 

चेक नकाटी ठूलो रकम स्थानान्तरण गर्न सकिने, कारोबार हुनसाथ अर्को खातामा पैसा जम्मा हुनेलगायत सुविधासहितको आरटीजीएस प्रणाली भदौ २९ मा औपचारिक रूपमा सुरुवात गरिएको थियो । सो प्रणालीको ठूलो तामझाम र हल्ला समेत गरिएको थियो । तर प्रणाली मात्रै २ दिन मात्रै चल्न सकेको थियो । गर्भनर साप बेला भएको छैन, परिक्षण गर्नुपर्छ भनेर सुझाव दिने राष्ट्र बैंकका कर्मचारीलाई समेत गर्भनरले नराम्ररी हकारेका थिए । तर जे नहुनु पर्ने थियो, सोही भयो, नयाँ प्रणाली चलाउन दक्ष र अनुभवी जनशक्ति चाहिन्छ भन्ने कर्मचारीको सुझावलाई समेत नजरअन्दाज गर्दा , दातालाई खुसी बनाउन गरिएको प्रयास असफल भएको छ । 

अनौपचारिक रूपमा राष्ट्र बैंकले भदौ २६ देखि आरटीजीएस प्रणालीमार्फत कारोबार सुरु गरेको थियो । औपचारिक रूपमा उद्घघाटन भएको २ दिनमै आरटीजीएसले काम गर्न सकेन र राष्ट्र बैंकले त्यसलाई बन्द गरेको छ ।तर गर्भनर  नेपालले भने कर्मचारीले आफूलाई असफल बनाउन वामेको योजनामा लागेको भन्दै छानी छानी कारवाही गर्ने भन्दै धम्क्याउन थालेका छन् । 

 आरटीजीएसका लागि राष्ट्र बैंकले भदौ २७ सम्म २८ वटै बैंकसँग सम्झौता पनि गरेको थियो । केही बैंकका कर्मचारीले उक्त प्रणाली परिक्षणका रुपमा मात्रै चलाउन सोही बेला नै आग्रह गरेका थिए । गर्भनर नेपालका हनुमानका रुपमा राष्ट्र बैंक भित्र विशेष परिचय बनाएका कार्यकारी निर्देशक बमबहादुर मिश्रले सो प्रणाली नचलेको भन्ने सूचना दिने बैंकरलाई समेत कारवाही गर्ने चेतावनी दिएका छन् । उनले सूचना चुहाएको भन्दै प्रवक्ता निरौलालाई समेत कारवाही गर्नुपर्ने भन्दै गर्भनर नेपालको चाकडी गरेको बताइन्छ । 

नयाँ प्रणाली सञ्चालनमा ल्याउँदा तामझाम गरिए पनि स्थगित गर्दा राष्ट्र बैंकले कुनै सूचना जारी नगरि नागरिकलाई ढाटीरहेको छ । आरटीजीएस कारोबारका लागि बैंकमा पुग्ने ग्राहकलाई बैंकले सो प्रणालीको कारोबार बन्द भएको भन्दै फिर्ता पठाउने गरेका छन । तर गर्भनर नेपाल भने त्यस्तो होइन, त्यस्तो होइन भन्दै बैंकलाई कुनै सूचना सार्वजनिक नगर्न बैंकका कर्मचारी र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई चेतावनी दिएर बसेका छन् । आरटीजीएस प्रणाली सुरुदेखि नै राम्रोसँग सञ्चालन हुन नसकेको बैंकहरू बताउँदै आएका छन् । 

तयारीबिनै लागू गरिएकाले आरटीजीएस सञ्चालन हुन नसकेको बताइन्छ ।  उक्त प्रणाली बेलायतले बनाइदिएकाले दातालाई खुसी बनाउन राष्ट्र बैंकले पर्याप्त तयारीबिना सञ्चालनमा ल्याएकाले समस्या देखिएको बैंकरले बताए ।  गर्भरन नेपालको ज्यादतीका कारण राष्ट्र बैंकले कुनै सोचविचार समेत नगरी प्रणाली लागु गरिएको हो ।  आरटीजीएस प्रणालीको सबै तयारी पूरा भए पनि राष्ट्र बैंक र बैंकहरूको कारोबार प्रणालीमा एकीकृत भई नसकेकाले समस्या देखिएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले जनाएको छ । 

सामान्य अवस्थामा भन्दा दसैं–तिहारको अवसरमा बैंकिङ कारोबार धेरै हुने भएकाले दसैंपछि मात्र आरटीजीएस सञ्चालनमा ल्याउने कि भन्ने बारेमा छलफल भएपनि गर्भनरले हस्तक्षेप गरेर अहिल्यै लागू गर्नुपर्ने बताएका थिए ।  आरटीजीएस एक प्रकारको आधुनिक भुक्तानी प्रणाली हो । यो प्रणालीमार्फत कारोबार गर्दा नागरिकले तत्काल रकम भुक्तानी सुविधा पाउनेछन । यो प्रविधिमा नयाँ फड्को भएपनि जबरजस्ती गर्दा समस्या देखिएको हो ।

 हाल चेकमार्फत रकम भुक्तानी गर्दा क्लियरिङ प्रक्रियामा जानुपर्ने भएकाले सामान्य अवस्थामा एकदेखि दुई दिनमा मात्र राफसाफ हुने अवस्था छ ।  सो प्रणाली कार्यान्वयनमा आएपछि त्यो अवस्थाबाट छुटकरा पाइनेछ । चेक नकाटेरै पनि रकम भुक्तानी गर्न सकिने व्यवस्था प्रणालीले ल्याउने छ । 

यो प्रणाली लागू भएपछि तत्काल ग्राहकको खातामा पैसा आउने भएकाले बजारमा तरलताको गति बढ्ने विश्वास गरिएको थियो । केन्द्रीय  बैंकले पहिलो चरणमा वाणिज्य बैंकमार्फत आरटीजीएस लागू गरेको थियो । वाणिज्य बैंकहरू आरटीजीएसका मुख्य सदस्य हुन । तर बैंकरलाई धम्क्याएर , थर्काएर लागू गर्न खाजेका गर्भनर नेपालको योजना भने खारेज भएको छ , तत्कालका लागि ।

 वामेलाई ठिक पार्छु भन्दै सरकार र अर्थमन्त्री विरुद्ध लागिपर्ने गर्भनर नेपाललाई कारवाही गर्न माग गर्दै केन्द्रीय बैंकको एउटा टोली अर्थमन्त्रालय पुगेको छ । यद्यपी राष्ट्र बैंक स्वायत्त निकाय भएकाले अर्थमन्त्रीले कारवाही गरिहाल्ने अवस्था भने छैन । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया